लक्ष्मी सनराइज बैंकको लाभांश पारित

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित भएको छ ।

आइतबार सम्पन्न बैंकको को २३औं साधारण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको हो ।

यसैगरी, साधरण सभाले ४ जना संचालक समिति सदस्य निर्वाचित गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याल तथा संस्थापक सेयरधनीका तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराईलाई बैंकको संचालक चयन गरेको हो ।

नवनियुक्त सञ्‍चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्‍चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको बैंकले छ ।

Recent Comments

No comments to show.