‘ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरे’- रवि लामिछाने

‘ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरे’- रवि लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका छन् ।

शनिबार काठमाडौँ आयोजित एक कार्यक्रममा सभापति लामिछानेले चुनावमा पराजित भएकालाई चोरबाटोबाट राष्ट्रिय सभामा ल्याउनका लागि ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् । शासन सत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरूले राष्ट्रपतिबाट चयन हुने राष्ट्रिय सभा सदस्यमा पनि चुनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।

लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारूढ दलले नै गरेको आरोप लगाए । उनले ठूला-ठूला फाइल खोले पनि आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे ।

राजनीतिलाई सही ठाउँमा ल्याउन योग्य इमानदार युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाइ छ ।

Recent Comments

No comments to show.