संचालक चयन गर्दै एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

संचालक चयन गर्दै एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, काठमाडौँमा सभा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको हो।

बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

Recent Comments

No comments to show.