परीक्षा बोर्डले भन्यो-‘एसईई चैत पहिलो साता हुन्छ, हुँदैन कि भन्ने भ्रममा नपर्नू’

परीक्षा बोर्डले भन्यो-‘एसईई चैत पहिलो साता हुन्छ, हुँदैन कि भन्ने भ्रममा नपर्नू’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गरे।

शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अभिभावक र विद्यार्थी अन्योलमा परेका थिए । तर, विधेयक संसदमा छलफलको क्रममै रहेकोले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुने अध्यक्ष शर्माले प्रष्ट्याए ।

‘शिक्षा विधयक संसदको पूँजी हो र यो अहिले छलफलको क्रममा छ,’ अध्यक्ष शर्माले भने, ‘विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा एसईई परीक्षा हुन्छ।’

जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन गर्न र परीक्षा केन्द्र राख्न उपयुक्त छ/छैन भनेर प्रधानाध्यापकहरूसँग भेटेर छलफल गरेको पनि अध्यक्ष शर्माले जानकारी दिए।

एसईईका निम्ति यस वर्ष ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन्। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए।

Recent Comments

No comments to show.