डेडिकेटेड र ट्रंक लाइनको बक्यौता बुझाउन ६० महिनाको समय

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता बुझाउन ६० महिनाको समय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताहरूलाई विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।

डिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन विद्यत् लाइन काट्ने अभियानमा लागेको प्राधिकरणले उद्योगी तथा व्यवसायीलाई महसुल बुझाउन ६० महिनासम्मको समय दिएको हो। 

सर्वसाधारणले दैनिक १८ घण्टाभन्दा बढी लोडसेडिङ खेपिरहेको समयमा केही उद्योगीहरुले डेडिकेटेड र ट्रंक लाइनमार्फत् नियमित विद्युत् उपभोग गरिरहेका थिए। तर यसरी विद्युत् उपभोग गरेका उद्योगी व्यवसायीले सो बापतको बिल भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन पुस ६ गतेदेखि लाइन काट्न सुरु गरेको थियो। हालसम्म २४ वटा उद्योगको लाइन काटिएको छ। लाइन काट्न थालेपछि केही उद्योगीले बक्यौता रकमको किस्ता तिर्न समेत सुरु गरेका छन्। 

प्राधिकरण सञ्चालक समितिको पुस १६ गतेको बैठकले बक्यौता रकम असुल गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गर्ने निर्णय गरेको थियो। 

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बक्यौता विद्युत् महसुल असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको जनाएको छ। उक्त व्यवस्थाअनुसार बक्यौता रकम बुझाउनका लागि अबको ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ। 

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ।

Recent Comments

No comments to show.