काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।
प्रतिक्रिया