बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा, स्थानीयले फेरि शुरु गरे प्रदर्शन

बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा, स्थानीयले फेरि शुरु गरे प्रदर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भाेलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ। 

तर, स्थानीयले भने कर्फ्यु उल्लंघन गर्दै शनिबार बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।  स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो। 

Recent Comments

No comments to show.