प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी भिड्दै

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी भिड्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। 

त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे  सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन्। 

अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो।

एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको थियो। 

त्यसैले कोशीलाई फाइनलमा एपीएफसँग बदला लिने राम्रो मौका रहेको छ। नेपाल क्रिकेट सङ्घले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो। जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाएका छन्।

क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गर्दथ्यो । मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।

Recent Comments

No comments to show.