काठमाडौ । धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १ गतेबाट लागु हुनेगरी सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।
बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।
सूचनामा चुरोट, बिँडी, सिगार, तमाखु, सुरल्फा, कच्च सुर्ती, खैनी, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया