आज २०८० पुस १७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० पुस १७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस १७ गते, मंगलवार २ जनवरी २०२४। पाैष कृष्णपक्ष षष्ठी तिथि, १४ः५० बजेपछि सप्तमी। पूर्वफाल्गुनी नक्षत्र, १०ः१६ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १६ः५५ बजेपछि कन्या।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। मनमा शान्ति र उमंग छाउने छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। अन्य सबै क्षेत्र सामान्य छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन राम्रो छ। काममा सफलता प्राप्त हुन्छ। छिटो बोल्दा पश्चाताप गर्नुपर्ने भएकाले सोचेर बोल्नुहोला। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पिपलको रुखको दर्शन गरेर कामको सुरुवात गरेमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन राम्रो छ। तपाईंका योजनामा कुनै अवरोध हुने छैन। प्रतिस्पर्धी कमजोर हुनेछन्। नयाँ योजना बोकेका साथीसँग भेट भएमा सुखमय दिन हुनेछ। परिवारिक मनमुटा भने हुनसक्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो काम आफै गर्नुपर्ने हुन्छ। अर्काको भर पर्नुभयो भने समस्याको सुरुवात हुनसक्छ। नसोचेका मान्छेको साथ र सहयोग प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। सोचेको काम बन्नेछ। सबै क्षेत्रमा बनाएका योजना सफल हुनेछन्। अचानक शुभ खबर सुनेर उत्साह प्राप्त हुनसक्छ। यो खबरले परिवारमा खुशी मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय सामान्य छ। आफूले गरेको कामको जस अरुले लिएर अपजस तपाईंमाथि आइलाग्न सक्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज गरेका काम सफल हुनेछन्। आर्थिक क्षेत्र सबल हुनेछ। राजनीति क्षेत्रमा असफल हुन सकिन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ प्राप्त हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बन्धुबाट सहयोग हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सामान्य छन्। पुरानो लगानी उठ्ने सम्भावना रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

स्वयम्सेवक बन्नुपर्ने छ। गाडी, मेसिन, हतियार र कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ। पिपलको दर्शन गरेमा सबै काम बन्ने योग रहेको छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो छ। वैदेशिक क्षेत्रबाहेक सबै क्षेत्रमा अवरोध हुनेछैन। व्यापारमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त होला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.