छिमेक लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

छिमेक लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा होटल सामना प्रा.लि.को सभाहल मकवानपुर हेटौँडामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको हुँदा पुष १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता र लाभांश प्राप्त गर्न सक्नेछन्।

Recent Comments

No comments to show.