माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । 

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। त्यसका लागि विधान मस्यौदा समिति गठन गरिएको छ। 

सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने साहले बताए। मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्।  

बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि निकालेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।