नेपाल एअरलाइन्सको पुराना ५ वटा जहाज लिलामीमा

नेपाल एअरलाइन्सको पुराना ५ वटा जहाज लिलामीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पुराना जहाज लिलामीमा राखेको छ । निगमले ५ वटा पुराना जहाज लिलामीमा ल्याएको हो ।

निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा बिक्री गर्न लागेको हो । एक सूचना जारी गर्दै निगमले गोप्य शिलबन्दी डेन्डर आव्हान गरेको छ ।

उक्त जहाज खरिदका लागि आगामी फेब्रुअरि ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

जहाज जहाँ जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बिक्री गरिने निगमले जनाएको छ । निगमले आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ साल भित्राएको थियो ।

Recent Comments

No comments to show.