काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले लाभांश नदिने भएको छ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया