आज २०८० पुस ५ गते बिहीवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० पुस ५ गते बिहीवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस ५ गते | बिहीवार २१ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष नवमी तिथि, ११ः३३ बजेपछि दशमी। रेवती नक्षत्र। चन्द्रराशि मीन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने देखिन्छ। पारिवारिक छलफल र सहमति गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। यसले काम गर्ने उत्साह बढ्नेछ। संघ संस्था र परिवार आफू अनुकुल रहनेछन्। गुरुको सुझाव अनुसार गरेका कामबाट लाभ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ ठाउँको भ्रमणबाट मन प्रफुल्ल हुनेछ। नयाँ कुराको थालनी हुनेछ। व्यापार व्यवसाय र शिक्षामा प्रशंसा प्राप्त हुनेछ। पारिवारमा समस्या झेल्नुपर्ने हुनसक्छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आफ्नै परिवारमा सल्लाह गरेर अगाडि नबढेमा समस्या हुनसक्ने देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। आर्थिक क्षेत्रमा कुटुम्बको सहयोग लिनु राम्रो हुन्छ। एक्लै अगाडि बढेमा समस्याको सामना गर्नुपर्ने हुनसक्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन सामान्य राम्रो छ। प्रतिस्पर्धीसँग सचेत हुनु राम्रो हुन्छ। पारिवारमा फरक विचार राख्नेसँग समन्वय गरेर अगाडि बढ्नु फाइदाजनक हुन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य राम्रो छ। आज बल भन्दा बुद्धि लगाएर काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखिए पनि अन्य पक्ष सबल छन्। पारिवारिक सम्बन्धमा समस्या हुनसक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। अन्य क्षेत्रमा लगानी गर्नु अगाडि सोच्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आर्थिक क्षेत्रमा विवाद हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले मानसिक तनाव बढ्ने देखिन्छ। सहकार्य गर्ने शेयरधनीले तपाईंको धनमा आँखा लगाउन सक्छन्। परिवारबाट खुसी मिल्नेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो छ। आर्थिक र शिक्षा क्षेत्रमा राम्रो हुनेछ। स्वास्थ्य राम्रो छ। वैदेशिक क्षेत्रमा ठगहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.