भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत

भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

नेपाली काँग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा। महतले भने, ‘यो हामीले बुझिराखौँ, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन। अप्ठ्यारो पर्‍यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली काँग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलौज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन। केही गर्नका लागि धैर्यता, जाँगर, समर्पण र इमानदारिता चाहिन्छ। त्यो नेपाली काँग्रेसमा मात्र छ।’

‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशूली नदीजस्तै हो– नेपाली काँग्रेस,’ महतले भने, ‘समस्या काङ्ग्रेसभित्र पनि रहेको छ।’

आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या काङ्ग्रेसभित्र रहेको उनले बताए। काँग्रेससँग धेरै पुस्ता जोडिएको बताउँदै लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिएको महतले बताए। ‘पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ। हारेको, हराएको अनुभूति हुन्छ। त्यसलाई हामी मनभित्र कसेर राख्छौँ। त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति छ,’ उनले भने।

पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे। राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्ने मन्त्री डा. महतले बताए। पार्टीको गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको स्पष्ट पार्नुहुँदै उनले भने, ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन। हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ। हामीले आफ्नो क्षमता वृद्धि गरौँ, एक अर्कोको खुट्टा नकाटौँ।’

Recent Comments

No comments to show.