काठमाडौं । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर बनेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको भाउ सोमबार पनि सोही मूल्यमा कायम छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबारप्रतिऔंस सुन २ हजार २२ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया