तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद

तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

छापा मार्दा करिब ७ किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विदेशबाट विभिन्न आकारमा आएको सुनलाई काठमाडौं उपत्यकाभित्र रहेका सुन पगाल्ने कारखाना गालेर भारत लग्ने गरेको देखिएको छ।

Recent Comments

No comments to show.