काभ्रेबाट स्रोत नखुलेको रकम र गहनासहित एक भारतीय पक्राउ

काभ्रेबाट स्रोत नखुलेको रकम र गहनासहित एक भारतीय पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे ।  काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

ठूलो परिमाणमा सुन तथा चाँदीका गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम,  एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो। 

निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

Recent Comments

No comments to show.