अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाइन्सले भाडामा ५० प्रतिशत छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अपाङ्गता भएका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषण गरेको छ ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पारेर निगमले आजैदेखि लागू हुने गरी आन्तरिक उडानमा हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

निगमका अनुसार हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने दुई यात्रु (फर्स्ट कम फर्स्ट सर्भका आधारमा)लाई हवाई शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिन देखि लागू हुने गरि रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक उडानमा फर्स्ट कम फर्स्ट सर्भको आधारमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।