राष्ट्रपति पौडेलले नियुक्त गरे दुई देशका लागि गैरआवासीय राजदूत

राष्ट्रपति पौडेलले नियुक्त गरे दुई देशका लागि गैरआवासीय राजदूत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र मोजाम्बिक र इटलीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीवार सरकारको सिफारिशमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

यसैगरी उनले बिहीवार नै स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटलीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वशन्तप्रसाद पन्थीका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत तामाङ र सुवेदीलाई नियुक्त गरेका हुन्।

Recent Comments

No comments to show.