एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो सार्वजनिक

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल लिटरेसी’ अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरू सार्वजनिक गरिएको हो । 

पाँच शृङ्खला रहेको यस भिडियो क्रमबद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरूमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकले जनाएको छ । 

त्यस्तै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट एनबीआईसंगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (फाइनान्स लिटरेसी) कार्यक्रमको सुरुवात भएको समेत बैंकले जानकारी दिएको छ । 

Recent Comments

No comments to show.