कुमारी बैंकको साढे ९१ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको साढे ९१ हजार कित्ता सेयर बिक्रीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी लिला बहादुर गुरुङ ले आफ्ना नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कायालय टंगाल, काठमाडौँ वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.