बल्खुमा प्रहरीलाई ढुंगा हान्ने दुर्गा प्रसाईंका पाँचजना कार्यकर्ता पक्राउ

बल्खुमा प्रहरीलाई ढुंगा हान्ने दुर्गा प्रसाईंका पाँचजना कार्यकर्ता पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा लागेर ५ जना प्रहरी घाइते भएका थिए। उनीहरूको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

यस्तै २३ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

शुक्रबारदेखि प्रसाईंले आफ्नो समूहलाई काठमाडौँको तीनकुनेमा भेला हुन सूचना गरेका थिए। प्रशासनले उनलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। तीनकुनेमा भने कार्यक्रम गर्न अनुमति नरहेको भन्दै त्यहाँ आन्दोलन गरे कारबाही हुने चेतावनी दिइसकेको छ। प्रसाईंका कार्यकर्तालाई तीनकुने आउन दिइएको छैन।

प्रशासनको चेतावनी र प्रहरीको अवरोधपछि प्रसाईंको शुक्रबारको कार्यक्रम नै अनिश्चित बनेको छ।

Recent Comments

No comments to show.