बन्धक रिहा गर्ने सहमतिपछि इजरायल–हमासबीच युद्धविराम घोषणा हुँदै

बन्धक रिहा गर्ने सहमतिपछि इजरायल–हमासबीच युद्धविराम घोषणा हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायल–हमासबीच जारी युद्धलाई केही दिन विराम दिने सहमति भएको छ । कतारले दुबैबीच चार दिने युद्धविराम गर्ने सहमति भएको पुष्टि गरेको छ । यो निर्णय एक दिनपछि कार्यान्वयन हुने जनाइएको छ ।

युद्धविरामका यी चार दिनमा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक बनाइएका सबै महिला र बालबालिका मात्र छन् । युद्धविरामको अवधिमा दिनहुँ १२ देखि १३ जना बन्धकलाई रिहा गरिने भएको छ । 

सम्झौताअनुसार इजरायलले पनि आफ्नो जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । 

अमेरिकाले ५० बन्धकहरुको रिहाई हुने निर्णयको स्वागत गरेको छ । युद्धविरामको सम्झौताका विषयलाई सार्वजनिक भने गरिएको छैन । एक इजरायली सरकारी अधिकारीले मंगलबार पत्रकारहरूलाई यो सम्झौताले बन्धक बनेका ५० जना इजरायली नागरिक रिहा हुने बताएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविरामको अर्थ अर्थ युद्ध रोकिन्छ भन्ने नभएको स्पष्ट पारेका छन् । नेतान्याहुले युद्धविरामपछि पनि इजरायली सेना अगाडि बढ्ने र विजय हासिल गर्ने बताएका छन् ।

Recent Comments

No comments to show.