नेपाल एसबिआई मर्चेन्टको वार्षिक साधारण सभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्टको वार्षिक साधारण सभा सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

Recent Comments

No comments to show.