श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस वर्ष सेयरधनीको हात रित्तो गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

Recent Comments

No comments to show.