काठमाडौँ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
उक्त लाभांश पारितका लागि होटलले पुस २६ गते बिहीबार नेपाल प्रज्ञा भवन प्रक्षालय, कमलादीमा ४९औँ वार्षिक साधारण सभा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया