काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सूर्यज्योति सही प्लान’ नामक बीमा योजना ल्याएको छ ।
नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले शुक्रबार संयुक्त रूपमा उक्त पोलिसी सार्वजनिक गरेका हुन् ।
यो योजना हालसम्मका बीमा योजनाभन्दा भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरू रहेको कम्पनीले जनाएको छ । यस योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस योजनामा बीमितको उमेर ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषता रहेका छन् ।
साथै, ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ । यो जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक सुविधा रहेको कम्पनीको भनाइ छ ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिब र भिन्न विशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिए । उनले यो योजना परम्परागत पोलिसी भन्दा भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफूले विश्वस्त रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले आम जनजीवनमा आईपर्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम रहेको बताए । यो योजना ‘हरेक घर, एक बीमा’को रूपमा अघि बढाउने लक्ष्य रहेको उनले बताए ।
कम्पनिले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उलेखनीय उपलब्धीहरू हासिल गरेको कम्पनीले जनाएको छ ।
हाल कम्पनिको चालु पूँजी ४५४ करोड रुपैयाँ, लगानी रु ३४०० करोड ,जीवन वीमा कोष रु २९५० करोड, नेटवर्थ ६२२ करोड र जारी वीमालेख संख्या २२ लाख रहेको छ ।
देशैभरि फैलिएका १७६ शाखा संजाल र करिब ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिक्रिया