संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ : शेखर काेइराला

संविधानमा भएको अधिकार प्रदेशलाई दिनुपर्छ : शेखर काेइराला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।

न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शंकर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा संग्रहको विचोमन गर्दै नेता कोइरालाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको चाहना र आवश्यकता पूरा हुनुपर्ने बताए । उनले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले सीप र दक्षताको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्दै सरकारले शिक्षा र स्वास्थ्य जस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

सो अवसरमा पुस्तक लेखक खरेल र न्यू सृष्टि दैनिकका सम्पादक निर्मला ढुंगाना, मेरी ल्याण्ड कलेजका प्रमुख लक्ष्मण खनालले धारणा व्यक्त गरे ।

Recent Comments

No comments to show.