सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्वपूर्ण रहन्छ : मन्त्री शर्मा

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्वपूर्ण रहन्छ : मन्त्री शर्मा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताएकी छन ।

घोराही उपमहानगरपालिका-१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिइन् ।

समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताइन् ।

जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरुक हुनुपर्ने उनले धारणा राखिन् । विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि संघ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् ।

निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले भनिन्, ‘यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रीत काम भइरहेका छन् ।’ कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्ने गरी काम गर्न आग्रह गरेका थिए । 

Recent Comments

No comments to show.