टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा ६ वटा रिट पुगेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् ।

त्यस्तै अधिवक्ताद्वय सुनिल रञ्जन सिंह र सरिता थापाले पनि टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बन्धमा निर्णय हुने बताईएको छ ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भईरहको छ ।

Recent Comments

No comments to show.