काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका वडानम्बर-८ भलुहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको बा.प्र.०३-००१ नम्बरको यात्रुबाहक बस गत राति करिब १२ बजे भलुहीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते र घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया