गाजामा संयुक्त राष्ट्रसंघका गतिविधि बन्द हुने अवस्थामा

गाजामा संयुक्त राष्ट्रसंघका गतिविधि बन्द हुने अवस्थामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। संयुक्त राष्ट्रसंघ एजेन्सीले इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

‘गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन’, एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले ट्विटरमा लेखेका छन्। इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ।

इजरायली आक्रमण​का कारण उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले समेत सेवा बन्द गरेका छन्। ‘इजरायली आक्रमण र इन्धन सकिएका कारण अल-अहलीबाहेक सबै अस्पताल सेवा प्रदान गर्न असमर्थ भएका छन्’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले भनेका छन्।

Recent Comments

No comments to show.