मुगु हत्याकाण्ड: दुई जना आरोपी सार्वजनिक

मुगु हत्याकाण्ड: दुई जना आरोपी सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुगुमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो। 

प्रहरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका- ७ घर भएका ३० वर्षीय काले भनिने गोर्खबहादुर शाही ठकुरी र सोही पालिकाको वडा नम्बर ८ घर भएका ३१ वर्षीय गोपाल बोहोरालाई पक्राउ गरेको थियो ।   

४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् । उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका- ६ मन्दुका दीपक बोहराकी श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए ।

दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । 

त्यसपछि गोपालले रिसइवी साँध्न दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुलेको बयान प्रहरीलाई दिएका छन् । गोर्खबहादुरले घटनास्थलबाट बरामद गलबन्दी आफ्नो भएको प्रहरीसमक्ष बयानसमेत दिएका छन् ।

त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए। 

राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए। हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए। त्यसबेला नै श्रीदेवीसँग १०/१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए। 

तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए। 

Recent Comments

No comments to show.