विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत मंसिर १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Recent Comments

No comments to show.