प्रभु बैंकको ५ लाख ६३ हजार ७७८ कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको ५ लाख ६३ हजार ७७८ कित्ता संस्थापक सेयर बिक्रीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ६३ हजार ७७८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

बैंकले प्रभु ग्रुप प्रालिको नाममा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, जानुका खड्काको नाममा रहेको २७ हजार कित्ता र कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक सस्थापक सेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २३ गते) ले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Recent Comments

No comments to show.