काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा मसिंर १८ गते स्टाफ कलेज, जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ ।
उक्त सभामा कम्पनीले सभाले आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया