एसीसी इस्टर्न रिजन टी-२० लागि नेपाली टोली घोषणा : सूचीसहित

एसीसी इस्टर्न रिजन टी-२० लागि नेपाली टोली घोषणा : सूचीसहित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

जसमा युवा खेलाडीहरु शेर मल्ल, किशोर महतो र लोकेश बमले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् । शेर स्पिनर हुन् भने किशोर फास्ट बलर हुन् ।

थाइल्याण्डमा फेब्रेवरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ ।  जसमा नेपालले प्रतियोगिताको पहिलो खेल म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ ।  

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान),पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दिप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित पौडेल छन ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ ।

छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएनन् । यहि सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्मपनि ठीक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पुर्ण रूपमा फिट छैनन् ।

Recent Comments

No comments to show.