काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओ आज अर्थात कात्तिक १६ गते बाँडफाँट हुँदैछ।
आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज दिउँसो १ बजे बाँडफाँट हुने जनाएको हो ।
आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ संकलन भएको थियो । १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १५.३६ गुणा बढी आवेदन हो ।
माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँटफाँट हुनेछ । जसमा ८५ हजार ९३० जनाले १०/१० कित्ता सेयर हात पार्नेछन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
Comment