काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा असोज २९ गते आवेदन दिएको हो ।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया