आईसीसी विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्। यी दुई टोलीबीचको खेल पुनेमा दिउँसो सवा २ बजे शुरु हुनेछ । 

जारी प्रतियोगितामा अहिलेसम्म खेलेका ६ मध्ये पाँच खेल जितेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ। समान ६ खेलमा ४ खेल जितेको न्यूजिल्याण्ड तेस्रो स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच एकदिवसीय प्रतियोगितामा न्युजिल्याण्डले तीन र दक्षिण अफ्रिकाले दुई वटा खेल जितेका छन्। 

यसअघि गएराति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। पाकिस्तानले प्रतियोगितामा लगातार चार खेल हारेपछि पहिलो जित निकालेको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।