महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी ।  महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका हुन्। 

जलेश्वर नगरपालिका-७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो। 

Recent Comments

No comments to show.