बज्रबाराहीमा एफआईकेके तथा दोसो मेयर कप कराते प्रतियोगिता सुरु

बज्रबाराहीमा एफआईकेके तथा दोसो मेयर कप कराते प्रतियोगिता सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर १७ माघ, ललितपुरको बज्रबाराहीमा प्रथम एफआईकेके गोदावरी नगरपालिका मेयर कप तथा पन्ध्रौँ क्योकुशिन कराते प्रतियोगिता सुरु भएको छ।

बज्रबाराही फेडरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई डोजोको आयोजनामा शुक्रबारदेखि गोदावरी नगरपालिका मेयर कप तथा पन्ध्रौँ क्योकुशिन कराते प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा मन्तव्य राख्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खेलकुदको विकासका लागि लागि परेको वताए । नगरप्रमुख महर्जनले भने, समाजमा यूवाहरुलाई सही मार्गमा डोर्याउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ । यसैअनुसार नगरपालिकाभित्र विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना भइरहेका छन् ।गोदावरी नगरपालिकालाई धार्मिक, सांस्कृतिक पर्यटनका साथै खेलकुदको माध्यमबाट पनि परिचित गराउने अठोटका साथ काम भइरहेको पनि नगरप्रमुख महर्जनले वताए । 

प्रतियोगितामा देशैभरका सातै प्रदेशबाट ९२ जना खेलाडीहरु सहभागी भएका छन्। 

प्रतियोगितामा पुरुषतर्फ अण्डर ३० केजी, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धात्मक खेल जारी छ । त्यस्तै महिलातर्फ २५ केजी र महिलातर्फ खुला तौल समुहमा प्रतिस्पर्धात्मक खेल जारी छ। 

शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रारम्भिक चरणका खेल र सेमिफाइनलका केही खेलहरु शुक्रबार नै सम्पन्न भएको छ । सेमिफाइनलका बाँकी खेलहरु र फाइनल खेल शनिबार सम्पन्न हुने बज्रबाराही डोजोका प्रमुख जय देसारले जानकारी दिए । 

देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने आवश्यक प्रबन्ध समेत आयोजक डोजोले गरेको छ ।

Recent Comments

No comments to show.