एक व्यक्तिलाई १८ हजार ५ सय नयाँ नोट, असोज २९ बाट वितरण गरिने

एक व्यक्तिलाई १८ हजार ५ सय नयाँ नोट, असोज २९ बाट वितरण गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट उपलब्ध गराउने जनाएको छ। नेपाल राष्ट्र बैंकका कार्यालय, सरकारी स्वामित्वका तीन बैंक (कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक) र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । 

Recent Comments

No comments to show.