काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न र बाँकी २५ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।
सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।
प्रतिक्रिया