यौन दुर्व्यवहार गरेको उजुरी परेपछि : एसएसपी सौरभ राणा निलम्बित

यौन दुर्व्यवहार गरेको उजुरी परेपछि : एसएसपी सौरभ राणा निलम्बित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको   उजुरी दिएकी थिइन् ।     

सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरेको गृहप्रवक्ता केदारनाथ शर्माले बताए ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल) गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

Recent Comments

No comments to show.