क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

यही असोज १० गते भएको नेपाल र मंगोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अंकित थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले उनलाई पदोन्नति दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

खेलाडी ऐरी २०७३ सालदेखि नेपाल प्रहरीमा आबद्ध छन् । यसअघि उनी प्रहरी जवान थिए ।

Recent Comments

No comments to show.