तीन समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै छ । 

बुधबार सिंहदरबार स्थित तिनै समितिको सभाकक्षमा प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाईएको हो । 

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा आज सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्ने तय भएको छ । 

साथै समितिमा ग्वार्को स्थित निर्माणाधिन फलाइओभर, कलंकीदेखि बसुन्धारासम्म चक्रपथ विस्तार आयोजना र कालिमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षणका समबन्धमा समेत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेलाई डाकिएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक बिहान साँढे ११ बजेको लागि बोलाइएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने तय भएको छ । 

यता राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सीमा सुरक्षा तथा यसको व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल गरिने कार्यसूची रहेको छ ।

Recent Comments

No comments to show.