नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर २५ करोडमा खरिद गरेर गैरकानुनी तवरले सरकारको सम्पत्तिमाथि हानि नोक्सानी पुर्‍याएको अख्तियारको आरोप छ ।

Recent Comments

No comments to show.